२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पासाङ र गिरीको उम्मेदवारी खारेज, १४ को फिर्ता र ११ केन्द्रीय सदस्य सर्वसम्मत 

shivam cement
२०८२ पुष १ गते १६:३७
Shares
पासाङ र गिरीको उम्मेदवारी खारेज, १४ को फिर्ता र ११ केन्द्रीय सदस्य सर्वसम्मत 

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी खारेज भइसकेको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाको उम्मेदवारी उजुरीपछि हटाइएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् भने एक उपमहासचिवसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपमहासचिव पदमा राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए पनि खुला केन्द्रीय सदस्यमा उनको उम्मेदवारी कायम छ ।

भृकुटीमण्डपमा जारी ११ औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुने तयारी छ । निर्वाचनमा २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित खबर