२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : मतदान साँझ ७ बजेदेखि सुरु हुने

shivam cement
२०८२ पुष १ गते १६:४४
Shares
एमाले महाधिवेशन : मतदान साँझ ७ बजेदेखि सुरु हुने

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आज बेलुकी ७ बजेदेखि मतदान सुरु हुने एमाले निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ ।

एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने अनुमान छ । निर्वाचनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन् ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर उम्मेदवारको अन्तिम सूची तयार नहुँदा प्राविधिक प्रक्रिया मिलाउन समय लागेको हो ।

सम्बन्धित खबर