२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जनजाति बाहुल्य लामाको क्याबिनेट, दलित शून्य

ADV
शिव विक
२०८१ साउन १३ गते ०६:५०
जनजाति बाहुल्य लामाको क्याबिनेट, दलित शून्य

काठमाडौं : संघीय सत्ता समीकरण अनुसार फेरिएको बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले शनिबार सरकारलाई पूर्णता दिएका हुन् ।

तर संघीय मन्त्रिपरिषद्मा दलितको उपस्थिति नरहेको भनेर भएको आलोचनालाई बागमती प्रदेश सरकारले ख्याल गरेन । लामा नेतृत्वको बागमती प्रदेश सरकारले पूर्णता पाउँदा मन्त्रिपरिषद्मा दलितको उपस्थिति शून्य छ । तर जनजातिको भने बाहुल्यता छ । 

एमालेबाट प्रकाश श्रेष्ठ, कृष्णप्रसाद सिलवाल, अमक कुमार मास्के, सुकमाया तामाङ, प्रेमभक्त महर्जन र किरण थापालाई मन्त्री भएका छन् ।mकांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, विमल ठकुरी, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, मदु कुमार श्रेष्ठ मन्त्री बनेका छन् । मन्त्री बनेकामध्ये मदुकुमार श्रेष्ठको जिम्मेवारी तोकिएको छैन भने अन्य सबैलाई जिम्मेवारी दिइएको छ ।

एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अमन कुमार मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय दिइएको छ । कृष्ण प्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, किरण थापालाई स्वास्थ्य मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कांग्रेसबाट कुन्दन राज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्री भए । हरि प्रभा खड्गीले सामाजिक विकास मन्त्रालय, सुरज चन्द्र लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्याम खड्काले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालय, विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यही साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका लामाले साउन ९ मा ९ जना र शनिवार चार मन्त्रीलाई सरकारमा सहभागी गराएका हुन् । एक विना विभागीयसहित सरकारमा कांग्रेसका ८ र एमालेका ६ मन्त्री सहभागी भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भागबन्डा नमिलपछि मन्त्रीको संख्या नै बढाएर मुख्यमन्त्री लामाले सरकारलाई पूर्णता दिएका हुन् । 

संघीय मन्त्रिपरिषद्मा दलितको उपस्थिति नरहेको भनेर भएको आलोचनालाई ख्याल नगरेको बागमती प्रदेश सरकारले भूगोलमा पनि कम ख्याल गरेको छ । उपत्यकाकाबाट मात्रै ९ मन्त्री मुख्यमन्त्री लामाको क्याबिनेटमा मन्त्री बनेका छन् । 

१३ जिल्ला रहेको प्रदेशमा १४ जना मन्त्री बनाइएको छ । जसमा ७ जिल्लाका सांसदले मन्त्री हुने अवसर पाएका छन् । प्रदेश राजधानी रहेको मकवानपुरसहित रसुवा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोकले मन्त्री पाएनन् ।

काठमाडौँबाट ६ जना मन्त्री भएका छन् । ललितपुरबाट दुई जना र भक्तपुरबाट एक जना मन्त्री बनेका छन् । काठमाडौँबाट एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के मन्त्री बने, कांग्रेसबाट श्याम खड्का, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, विमल ठकुरी मन्त्री बने ।

ललितपुरबाट एमालेका प्रेमभक्त महर्जन र कांग्रेसका मीनकृष्ण महर्जन मन्त्री बन्दा भक्तपुरबाट एमालेका किरण थापा मन्त्री भएका छन् । 

कांग्रेसबाट दोलखाका कुन्दनराज काफ्ले, धादिङका मदुकुमार श्रेष्ठ मन्त्री बन्दा  एमालेबाट सिन्धुलीकी सुकमाया तामाङ र चितवनका कृष्णप्रसाद सिलवाल मन्त्री भएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise