२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्हाले कार्यभार 

shivam cement
लालबाबु बानिया
२०८२ पुष ११ गते २१:४९
Shares
कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्हाले कार्यभार 

पर्सा : पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले शुक्रबार औपचारिक रूपमा हाजिर भइ कार्यभार सम्हालेका छन् । 

यस अवसरमा गाउँपालिकाको सभा हलमा जनप्रतिनिधि र कर्मचारीबीच परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फुलमती देवीले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई दोसल्ला र फूलमाला लगाई स्वागत गरेकी थिइन् । साथै जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा कर्मचारीहरूले फूलमाला र अबिर लगाएर उनलाई आत्मीय स्वागत गरेका थिए ।

कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले कालिकामाई गाउँपालिकाको कामकारबाही नियमसंगत रूपमा अगाडि बढ्ने र विकासले गति लिनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । उनले जनताको कामकाजलाई पहिलो प्राथमिकतामा राखी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा वडाध्यक्षहरू संजय साह गोढ, लालबाबु चौरसिया, सोनालाल चौरसिया, संजय पटेल, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, स्वास्थ्य सह–संयोजक निरंजन चौरसिया, कृषि प्रमुख रणधिर चौरसिया, जिन्सी शाखा प्रमुख विक्रम चौरसिया, शिक्षा शाखा प्रमुख हिमांशु भट्ट, आईटी शाखाका अमित चौरसिया, योजना शाखा प्रमुख मञ्जय दासलगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर