२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

विवादरहित बनेन बन्दसूची, पुरानालाई पछ्याउँदै रास्वपा

shivam cement
भावना पाठक
२०८२ पुष १६ गते ०६:२५
Shares
विवादरहित बनेन बन्दसूची, पुरानालाई पछ्याउँदै रास्वपा

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीको अवधारणा सीमान्तकृत समुदाय, वर्ग र भूगोलका नागरिकको राज्य संयन्त्रमा समावेशी प्रतिनिधित्व गराउने ध्येयका साथ ल्याइएको संवैधानिक व्यवस्था हो । तर राजनीतिक दलहरूले यसपटक पनि विगतकै प्रवृत्तिलाई दोहो¥याउँदै समानुपातिक समावेशिताको मर्ममाथि प्रहार गरेका छन् ।  

वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पठाएका सूचीमा बढी विवाद देखिएको छ । सो दलले प्रि–इलेक्सनमार्फत उम्मेदवार छनोट गरे पनि सूची बुझाउनेबेला आफन्त, नजिकका, सम्भ्रान्त वर्ग र प्रत्यक्ष निर्वाचन लड्न सक्ने व्यक्तिलाई प्राथमिकता दिएको भन्दै चरम असन्तुष्टि जनाएका छन् । कतिपय व्यक्ति जिल्लान्तरण गरेरसमेत बन्दसूची बनाएको छ ।  

विवेकशील नेपाली दलबाट आएकी समीक्षा बाँस्कोटादेखि रञ्जु दर्शनासम्म राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा छन् । त्यस्तै, सहमहामन्त्री भइसकेका विपिनकुमार आचार्यदेखि पूर्वसचिव अनुपकुमार उपाध्याय अनि अरनिको कुमार पाँडेसमेत समानुपातिक सूचीमा छन् । निवर्तमान सांसद असिम शाहका दाजु आसिफ शाह पनि यो सूचीमा समावेश छन् । शाहकै कार्यालयमा रास्वपा र बालेन शाहको राजनीतिक एकीकरण भएको थियो । व्यापारी चन्द्र ढकालका छोरा सचिव ढकाल, गायिका रिमा विश्वकर्मा, गत उपनिर्वाचनमा इलामबाट प्रत्यक्ष लडेका मिलन लिम्बुसहितका नेता समानुपातिकमा राखिएको छ । कतिपय प्रि–इलेक्सनमा चुनिएका नेताहरूलाई सूचीमा समेटिएका छैनन् ।  प्रि–इलेक्सनलाई ५० प्रतिशत र योगदानलाई ५० प्रतिशत दिएर उम्मेदवार छनोट गर्ने मापदण्ड बनाएको रास्वपाले योगदानलाई समेत बेवास्ता गरेको भन्दै चरम असन्तुष्टि जनाएका छन् । पुरानादेखि नयाँ राजनीतिक दलहरूले आफन्त, निकटका र सम्भ्रान्त वर्गलाई नै पठाएको भन्दै रास्वपामाथि प्रहार भएको छ ।  

संविधानमा भएको समानुपातिक समावेशिताको व्यवस्थाअनुसार सबै जातजाति, पिछडिएको वर्ग र समुदायको प्रतिनिधित्व गराउनुपर्ने त्यस्तो नदेखिएको राजनीतिक वृत्तमा बहस चलेको छ । पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपाले समेत समावेशिताको मर्ममाथि प्रहार गरेको आमटिप्पणी भएको छ । नेपाली कांग्रेसले एक दर्जनभन्दा बढी जिल्लाको प्रतिनिधित्व छुटाएर कतिपय जिल्लाबाट बढी संख्या राखेको छ । सो दलले सूची पठाउँदा पुराना र अघिल्ला समानुपातिकबाट आएका नेतालाई नपठाउने मापदण्ड बनाएअनुसार सूची पठाएको छ । तर केही सूचीमा समावेश गर्ने नपर्नेहरू राखेपछि आलोचित बनेको हो । पटकपटक अवसर पाएका वर्तमान सहमहामन्त्री भिष्मराज आङदेम्बे र अर्जुननरसिंह केसीलाई समानुपातिकमा पठाएको छ ।

त्यस्तै, पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान, बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई समेत सूचीमा समेटिएको छ । रिना अहिलेसम्म कुनै जिम्मेवारीमा नपुगे पनि केसी, प्रधान पटकपटक मन्त्रीसमेत भइसकेका नेता हुन् । त्यस्तै, नेकपा एमालेमा माओवादी हुँदै एमाले भएर पटकपटक राज्यसत्तामा पुगेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, पूर्वमन्त्रीसमेत रहेकी पार्टी सचिव पद्मा अर्याल, शान्ता चौधरी, गुरु बराल, कोमल ओलीलगायतका नेतालाई समानुपातिक सांसदको सूचीमा पठाएको छ । विगतको तुलनामा केही सकारात्मक देखिए पनि समानुपातिक बन्द सूचीमा पठाएका नेताहरू पटकपटक अवसर पाएका र प्रत्यक्ष निर्वाचनमा लड्न सक्नेहरू रहेका छन् । एमाले र कांग्रेसले मात्रै होइन नेकपा माओवादीमा पनि कतिपय त्यस्तै नेताहरू बन्द सूचीमा पठाएको छ । राप्रपाले पनि नेताहरू राजेन्द्र गुुरुङ, मोहन श्रेष्ठलगायत नेताहरूको नाम पठाएकोप्रति आलोचना खेप्दै आएको छ ।

सम्बन्धित खबर