२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाल गायिका आर्शिया सुवेदीको स्वरमा ‘तिजैले जुरायो’

ADV
मध्यान्ह
२०८१ साउन १४ गते १९:१५
बाल गायिका आर्शिया सुवेदीको स्वरमा ‘तिजैले जुरायो’

काठमाडौं : अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलको संगीतमा ‘तिजैले जुरायो’ बोलको तिज गीत सार्वजनिक भएको छ । गीतमा बाल गायिका आर्शिया सुवेदीको स्वर रहेको छ ।

गीतकार अनिल सुवेदीको शब्द रचना रहेको गीतको भिडियो ओएसआरबाट सार्वजनिक गरिएको छ । हाल बजारमा आइरहेका तिज गीतहरुमध्येकै एक उत्कृष्ट गीतको रुपमा रहेको उक्त गीत अन्य गीतहरु भन्दा फरक शैलीको रहेको छ । अशोक थापाको संगीत संयोजन रहेको गीतमा दिल सार्कीको रेकर्डिङ प्रकाश मिश्रको मिक्सिङ मास्टिरिङ रहेको छ ।

गीतको भिडियो निर्देशन अहिलेका व्यस्त र चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले गरेका छन् । चर्चित मोडल स्मारिका ढकालको अभिनय रहेको गीतमा राहुल बराइलीको नृत्य, उत्सव दाहालको छायाँकन, मिन रावलको सम्पादन रहेको छ ।

नेपाली महिलाहरुको महान चाड तिजको अवसरलाई लक्षित गरी ल्याइएको ‘तिजैले जुरायो’ गीतबाट आफू निकै नै आशावासी रहेको गीतकार अनिल सुवेदी बताउँछन् । दर्शक स्रोताहरुले गीतलाई मन पराइदिनेमा बाल गायिका आर्शिया सुवेदी पनि आशावादी रहेकी छन् ।

गीत दर्शक स्रोताहरुले रुचाउने शैलीमा तयार परिएको संगीतकार लक्ष्मण पोखरेल बताउँछन् । गीत र संगीतको मर्मअनुरुप भिडियो तयार पारिएको निर्देशक कृष्णदेव रुपाखेतीले बताए । गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नराखीएको छायाँकार उत्सव दाहालले बताए । गीत रमाइलो खालको रहेकाले दर्शक स्रोताहरुले रुचाउनेमा मोडल स्मारिका ढकाल पनि विश्वस्त छिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise