२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

अब वाम एकताको सम्भावना छैन : शंकर पोखरेल

Nada
सपना बोहरा
२०८१ साउन १५ गते ११:४७
Shares
अब वाम एकताको सम्भावना छैन : शंकर पोखरेल

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब वाम एकताको  सम्भावना नरहेको बताएका छ्न् । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, 'वाम एकताको कथा असफल भइसकेको छ, अब त्यो कथा दोहोर्‍याइँदैन ।'

ncell

वाम एकताभन्दा कम्युनिष्ट विचारको एकता गर्न सकिने उनले बताए । 'नेताको टाउको जोडेर गरिने एकता दिगो हुँदैन', पोखरेलले भने । अब कार्यकर्ताको मन जोडेर राजनीतिक ध्रुवीकरणमा जानुपर्नेमा उनले जोड दिए ।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दा अस्थिर राजनीति सिर्जना भएको उनले दाबी गरे । 'साना राजनीतिक दल बार्गेनिङ गर्दै सत्तामा पुग्छन्', महासचिव पोखरेलले भने, 'सत्ता सञ्चालनको क्रममा फेरि अर्को बार्गेनिङ गर्न थाल्छन् ।'

राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि कांग्रेसससँग सहकार्य गर्नु परेको उनको भनाइ थियो । 'लोकतन्त्रको स्थायित्वका लागि एमाले र कांग्रेस मिल्नुपरेको छ,' उनले भने । 

महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले पनि अस्थिरता बढेको बताए । त्यसका लागि  थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गर्नुपर्ने उनले बताए ।

सम्बन्धित खबर