२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

‘गरिबी अन्त्यका लागि सहकारीको भूमिका महत्वपूर्ण’

shivam cement
लालबाबु बानिया
२०८२ पुष २९ गते २२:२२
Shares
‘गरिबी अन्त्यका लागि सहकारीको भूमिका महत्वपूर्ण’

पर्सा : समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कटीबलुवाको १७औँ वार्षिक साधारण सभा पर्साको कालिकामाई गाउँपालिका वडा नं–४ कटीबलुवामा सम्पन्न भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ३ करोड ८ लाख ९९ हजार ३ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो । साथै आर्थिक वर्ष २०८२/०८३ का लागि थप ३६ लाख ८६ हजार ९ सय रुपैयाँको भावी योजना रहेको जानकारी संस्थाका लेखापाल दिपेन्द्र चौहानले सार्वजनिक गरेका थिए । 

साधारण सभाका प्रमुख अतिथि जिल्ला सहकारी महासंघ पर्साका अध्यक्ष हरेराम पटेलले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्दै सहकारी संस्थाको आफ्नै जग्गामा बसेर साधारण सभा गर्न पाउनु खुशीको विषय भएको बताए । उनले महिलाको विकास बिना गरिबीको अन्त्य सम्भव नहुने उल्लेख गर्दै सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारीले गरिब महिला तथा पुरुषलाई समयमै ऋण उपलब्ध गराई व्यवसाय र व्यापारमा सहयोग गरेर आत्मनिर्भर बनाएको उनको भनाइ थियो ।

अध्यक्ष पटेलले सहकारी अवधारणाको सुरुवाती अवस्थालाई स्मरण गर्दै महिलाहरूले खाना पकाउने बेला एक मुठी अन्न जम्मा गरेर भविष्यका लागि बचत गर्ने संस्कारबाट सहकारीको भावना विकसित भएको बताए । सहकारीका कारण महिलाहरू पढ्न र बोल्न सिकेको समेत उनले उल्लेख गरे । 

समाज सुधार बचत तथा ऋण सहकारी संस्थामा हाल १ हजार २ सयभन्दा बढी सेयर सदस्य रहेको जनाइएको छ । संस्थाबाट ऋण लिइ समयमै चुक्ता गर्दै राम्रो कारोबार गर्ने सदस्यहरूलाई संस्थाले सम्मानसमेत गरेको छ । 

साधारण सभा संस्थाका अध्यक्ष उमेश बैठाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा राम निवास यादव, उपाध्यक्ष रमेश मेहता, कोषाध्यक्ष धुर्वलाल महतो, सचिव वकिल मियाँ, संस्थाका दिपेन्द्र कुमार, कटीका प्रहरी सहायक निरीक्षक कामेश्वर पटेललगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । 

साधारण सभामा सेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन श्रीकान्त बैठाले गरेका थिए । 

सम्बन्धित खबर