२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

जनार्दनले गरे ओलीसँग भेट, चुनावी सहकार्यको प्रस्ताव

shivam cement
२०८२ माघ १ गते १३:२५
Shares
जनार्दनले गरे ओलीसँग भेट, चुनावी सहकार्यको प्रस्ताव

काठमाडौँ : माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीको अभियान चलाइरहेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्यको प्रस्ताव गरेका छन् । डा. बाबुराम र जनार्दन शर्मा संरक्षक भएर पछिल्लो समय प्रलोपा गठन भएको छ ।

प्रलोपाका एक नेताका अनुसार शर्माले हालै गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रचण्डले रुकुम पश्चिममा गएर आफूलाई ललकारेलगत्तै शर्मा गुण्डु पुगेका थिए ।

ओली र शर्माबीचको वार्ता एक्ला एक्लै भएकाले धेरै सूचना बाहिर ल्याइएको छैन । स्रोतका अनुसार शर्माले निश्चित ठाउँमा चुनावी सहकार्य गर्ने प्रस्ताव राखेका छन् ।

विशेष गरी रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउन ओली सकारात्मक छन् । सकेसम्म सूर्य चिह्नबाटै चुनाव लड्न एमालेले शर्मालाई आग्रह गरेको छ । शर्माको पार्टीको चुनाव चिह्न भने आँखा छ ।

रुकुम, रोल्पा, कालिकोटलगायतका कतिपय जिल्लामा एमालेले जनार्दन शर्मा,नेत्रविक्रम चन्दगायतका समूहलाई साथमा लिएर चुनावमा जाने सम्भावना कायमै रहेको नेताहरूले बताएका छन् ।

सम्बन्धित खबर