२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नयाँ ‘मिष्टर नेपाल’को खोजी शुरु

Nada
२०८१ जेठ २५ गते १२:१६
Shares
नयाँ ‘मिष्टर नेपाल’को खोजी शुरु

काठमाडौं : ‘मिष्टर नेपाल २०२४’को खोजी शुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुला भएको जनाएको हो ।

ncell

१८ वर्षदेखि २८ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यालय वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ ।

प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । आयोजकका अनुसार असारको अन्तिम साताबाट मिष्टर नेपालका लागि देशभर अडिसन हुनेछ । देशभर छरिएर रहेका युवाहरुलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गरिँदै आएको आयोजकले जनाएको छ । प्रतियोगिताको शीर्ष विजेताले ‘मिष्टर वल्र्ड २०२४’ वा ‘मिष्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद पुरस्कार, विभिन्न गिफ्टसमेत जित्न सक्नेछन् ।

देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

यस वर्षको प्रतियोगिता विगतको भन्दा भव्य हुने र त्यसको तयारीमा आफूहरु जुटिसकेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमलाले बताए ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमितरुपमा आयोजना हुँदै आएको छ । प्रतियोगिताको विगतका विजेताले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारसमेत नेपाल भित्र्याउन सफल भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर