२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

नक्कली नोटसहित एक जना पक्राउ

shivam cement
२०८२ माघ २२ गते १४:५०
Shares
नक्कली नोटसहित एक जना पक्राउ

सुनसरीः हरिनगरा गाउँपालिका–१ बाट नेपाली एक हजार दरको नक्कली नोट २८ थानसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इनरूवा नगरपालिका–१० बस्ने २५ वर्षीय बहिस मिया रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर