२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

हत्या गरेको अभियोगमा एक जना पक्राउ

shivam cement
२०८२ माघ २३ गते १४:४४
Shares
हत्या गरेको अभियोगमा एक जना पक्राउ

पर्साः वीरगंज महानगरपालिका–१३ राधेमाई बस्ने ६५ वर्षीय केपि चन्द राउत बरईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही महानगरपलिका–२३ प्रसौनी बस्ने ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  

वादविवादको क्रममा अर्जुनले कुटपिट गर्दा गम्भीर घाइते भएका केपि चन्दको तराई हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर