२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हुम्लामा ‘सेड्युल’ अनुसार हवाई उडान नहुँदा यात्रुलाई सास्ती

ADV
ओबराज शाही
२०८१ साउन १६ गते २०:३३
हुम्लामा ‘सेड्युल’ अनुसार हवाई उडान नहुँदा यात्रुलाई सास्ती

हुम्ला : हुम्लामा हप्ताको तीन दिन हवाई उडान गर्ने ‘सेड्युल’ भएपनि सो अनुसार उडान हुन सकेको छैन । जसका कारण यात्रुलाई सास्ती मात्र नभइ आर्थिक भार पनि बढ्न थालेको छ । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको तीन दिन नेपालगञ्जदेखि उडान गर्ने ‘सेड्युल’ राखेको थियो । तर चार हप्ता हँुदा समेत सिमकोटका लागि उडान हुन सकेको छैन । 

यता सिमकोटका लागि निजी कम्पनीका हवाई जहाजहरुले भने दिनको एक उडान गर्ने गरेका छन् । तर नेपाल एयरलाइन्सले भने मौसमको बहाना बनाएर सिमकोटका लागि उडान  रद्द गर्दै आएको छ । अर्कोतर्फ हवाई टिकट नपाउँदा हुम्लीबासीले समस्या खेप्दै आएका छन् । दैनिकजसो यात्रुहरु सिमकोटको नेपाल एयरलाइन्सको कार्यालय  र नेपालगञ्जको कार्यालयमा टिकटको लागि पुग्ने गर्दछन् । तर दैनिक जहाज आउँछ, हुन्छ उडान भएपछि टिकट हुन्छ भनेर, सधैँ उडान रद्द हुने गरेको यात्रुहरुले गुनासो गरेका छन् । 

हप्ताको आइतबार, सोमवार र बिहीबार उडान सेड्युल छ ।  निजी कम्पनी  सीता, तारा, समिट एयरलाइन्सले दिनको बढीमा दुई, घटिमा एक उडान गर्दै आएपनि यात्रुको चापले गर्दा टिकट पाउन मुस्किल छ । 

अहिले सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्दो क्रम रहेको छ भने हुम्लामा साउने पूर्णिमा मनाउन  आउने जिल्ला बाहिरबाट यात्रुको चाप नेपालगञ्ज र सुर्खेतमा रहेको छ ।  नेपाल एयरलाइन्सले कुनै बहान नगरी समय अनुसार नभएपनि १२ बजेतिर मौसम हेरी  सिमकोटका लागि उडान गर्दा हवाई यात्रुलाई सहज हुने देखिन्छ । 

यस्तै नेपालगञ्जदेखि  सिमकोट आउन निजी कम्पनीले चार्टर सेड्युल गर्दा टिकटमा बढी लिने हुँदा नेपाल एयरलाइन्सले उडान गर्दा आर्थिक भार कम हुने जिल्लाबासी बताउँछन् । नेपालगञ्जदेखि निजी हवाई जहाजहरुले सिमकोटका लागि चार्टर टिकट प्रति यात्रु करिब १४ हजार लिँदै आएका छन् तर नेपाल एयरलाइन्सले उडान गर्ने हो भने प्रति यात्रु ९ हजार दुई सय ३८ रुपैयाँ भाडा लाग्छ । यसले गर्दा आर्थिक भार कम हुने र दुर्गम जिल्लाका नागरिकले सेवा पाउने देखिन्छ । तर सिमकोटबाट नेपालगञ्ज निजी हवाई जहाज  र नेपाल एयरलाइन्सको प्रति यात्रु एकै भाडा दर ९ हजार दुई ३८ रुपैयाँ  रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise