२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

किशोर प्रकाश खनालमाथि चक्कु प्रहार, उपचारका क्रममा निधन

shivam cement
हिमेन्द्र विश्वकर्मा
२०८२ माघ २९ गते २१:१०
Shares
किशोर प्रकाश खनालमाथि चक्कु प्रहार, उपचारका क्रममा निधन

दैलेख : दैलेखमा चक्कु प्रहार गरी १६ वर्षीय किशोरको हत्या भएको छ । दुल्लू अस्पतालमा उपचार भइरहेको अवस्थामा दुल्लू नगरपालिका–४ शान्तिबजारका प्रकाश खनालको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिए ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुल्लू नगरपालिका १० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई घटनास्थलबाट करिब १० किलोमिटर टाढा चामुण्डाको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार, एउटै किशोरीलाई मन पराउने विषयमा विवाद हुँदा उक्त घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार, मुकुन्दले एक्कासी प्रकाश खनालको ढाडतिर चक्कू प्रहार गरेका थिए र त्यसपछि जंगलतिर भागेका थिए ।

सम्बन्धित खबर