२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आज नवनियुक्त तीन प्रदेश प्रमुखले शपथ लिँदै

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १०:५६
आज नवनियुक्त तीन प्रदेश प्रमुखले शपथ लिँदै

काठमाडौं : नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । साँझ पाँच बजे   शीतलनिवासमा शपथ कार्यक्रम तय गरिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए ।

बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise