२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मोदीको शपथमा सहभागी नेपाली टोलीले खर्च गरे साढे २० लाख 

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १६:१८
मोदीको शपथमा सहभागी नेपाली टोलीले खर्च गरे साढे २० लाख 

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको शपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यो टोलीको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

२७ जेठ २०८१ का दिन ‘प्रचण्ड’ मोदीको शपथ ग्रहण समारोहमा भाग लिन दिल्ली गएका थिए । सो क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाटसमेत गरेका थिए ।

अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई २० लाख ४० हजार रुपैयाँ खर्च भुक्तानी गर्ने प्रयोजनका लागि अख्तियारी प्रदान गरेको जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise