२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

ADV
मध्यान्ह
२०८१ साउन १८ गते १०:३७
आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । सत्तासीन दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका सोडारीले आज  विश्वासको मत लिने भएका हुन् । 

यसअघि नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले पनि राजीनामा दिइसकेका छन् । सोडारी एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन्।

प्रदेश सभाको आज ४ बजेका लागि आह्वान गरिएको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा परेका सोडारीले विश्वासको मत पाउने सम्भावना भने छैन । 

अहिले कांग्रेस र एमालेको गठबन्धन भएकाले यी दुई दलको मात्रै बहुमत पुग्छ । अझ रेशम पक्षका नाउपाका सदस्यहरूले पनि नयाँ सरकारलाई समर्थन गर्ने संकेत देखाएका छन् । सुदूरपश्चिम प्रदेशसभामा २७  सिट बहुमत हो । 

ADVADV

सम्बन्धित खबर

Advertise