२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘दिल रुवाएर’ गए अनुप

ADV
मध्यान्ह
२०८१ जेठ २५ गते १७:३९
‘दिल रुवाएर’ गए अनुप

काठमाडौं : कलाकार तथा मोडल अनुपजंग थापा ‘विचित्र’ जर्मनी फर्किएका छन् । लक्ष्मण पोखरेलको संगीत, स्वरुपराज आचार्य र अञ्जु पन्तको स्वर रहेको हिट गीत ‘दिल रोएको बेला’का कलाकार थापा केही समयको नेपाल बसाइलाई बिट मारेर जर्मनी फर्किएका हुन् ।

छोटो समयमा विभिन्न चर्चित गीतहरुमा मोडलिङ गरेका थापा विगत केही वर्षदेखि अध्ययानका क्रममा जर्मनीमा बस्दै आएका छन् । उनले अभिनय गरेका चर्चित गीतहरुमा दिल रोएको बेला, तिम्रो मेरो दिलको बास, महँगो भो तिम्रो माया, सताएर जाउ, सुनिदिने कोही भएलगायत एक दर्जनभन्दा बढी रहेका छन् ।

कलाकारितासँगै समाजिक कार्यमा पनि उक्तिकै सक्रिय अनुपले अविदित फाउन्डेसनमार्फत सामाजिक कार्यमा पनि सक्रियता देखाएका छन् । अविदित फाउन्डेसनले पछिल्लो समयमा नेपालका विभिन्न ठाउँमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । भविष्यमा एउटा ठूलो च्यारिटी शो गरेर नेपालमा अल्पसंख्यक पिछडिएका वर्ग समुदायलाई राहत पुग्ने गरी काम गर्दैछ । त्यसको तयारीका लागि फाउन्डेसनले विदेशका विभिन्न देशमा एउटा अभियान चलाउँदैछ ।

थापा नेपालमा राम्रो कलाकारका रुपमा परिचित छन् । नेपालका चलेका नायिकाहरु बेनिशा हमाल, शिल्पा पोखरेल, रञ्जना गुरुङ, ऋचा शर्मा, सोनिया विकलगायतका कलाकारहरुसँग उनले स्क्रिन सेयर गरिसकेका छन् । स्वरुपराज आचार्य, अञ्जु पन्त, प्रमोद खरेललगायतका नाम चलेका गायक, गायिकाको गीतहरुमा उनले अभिनय गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise