२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णाली सरकारमा पठाउन कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम

ADV
कुलेन्द्र शाही
२०८१ साउन १८ गते १२:०३
कर्णाली सरकारमा पठाउन कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम

सुर्खेत : नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले राजिव विक्रम शाहको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउन लागेको हो ।

संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।

उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी, सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढा मन्त्री बन्ने छन् । मन्त्रीहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको विष्टले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise