– लेखराज रेग्मी, दाङ
रोजाले देखेर सोभियत सत्ता
जसलाई चलाउदै थिए हरावलहरु
बोकेर अख्तियारी सर्वहाराको
मजदुरहरुको किसानहरुको
प्रश्न उठाइन सत्ता सोभियत बनेन्
सोभियत सत्ता बनेन्
सँगै होहल्ला गर्दैरहे मजदुर विरोधीहरु
किसान बिरोधीहरु, यो तानशाही हो
लेनिनले भेद देखे र देखाइदिए
सोभियत बलियो बनाउन चिन्तित रोजासँग
अहँ कतै मेल थिएन उनीहरुको
जो चाहन्थे सधैँ सोभियत ढलोस्
तर मेरो लेनिन देख्दैन यो भेद !
र भन्छ एकै ड्याङका प्युठनी मुला
सबै ठुलैठुला र बन्छ झन् ठुलो मूला ।
लेनिनले रोजालाई चील भने
दूरदृष्टिको प्रशंसा गरे,
तिम्रो तुलना हुँदैन उनीसँग
तर मेरो लेनिन पञ्जामा खोजिरहेछ रोजा
उस्तै उस्तै देखिन्छ आकाशमा गिद्ध
सुम्सुम्याउछ नजरले र बनाउछ मन
झर्नु त सीनोमाथि नै हो रहेछ
लेनिन खबरदारी गर्दै आफन्तहरुलाई
हकार्दै, गल्ती नगर्न खबरदारी गर्दै मरे
तर मेरो लेनिन बोकाएर उनैलाई आफु
झन् झन् अग्लो बन्न खोजिरहेछ
बर्नस्टेन बुखारिन सबै सबै महान् छन्
हिटलर महान् छन् कैसर र मुसोलिनी पनि
बस जोडजाड गरेर टुक्काहरु
बन्नु छ महान्, हो या हुनसेन फरक पर्दैन ।
भ्रम छ, मानव अधिकार र अमेरिका
मोदी र प्रजातन्त्र, रायमाझी र पुष्पलाल
गाउँफर्क र गणतन्त्र अन्योल छ
हो भ्रमहरुको बिचमा नै
चलिरहेछ आन्दोलन
खण्डहरको यात्रा जस्तै ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies