२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

ADV
मध्यान्ह
२०८१ साउन १८ गते १३:३८
मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्ति गरेपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

नाउपाबाट मन्त्री बनेका अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कांग्रेसबाट मन्त्री बनेकी रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise