२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्वीप

ADV
मध्यान्ह
२०८१ साउन १८ गते १५:४७
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्वीप

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका छन् । दुवै पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हो ।

आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन्। सो बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मतका लागि सोडारीलाई २७ मतको खाँचो छ । सुदूरपश्चिममा कांंग्रेसका १८ र एमालेका ११ सांसद रहेका छन्।

ADVADV

सम्बन्धित खबर

Advertise