२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पैदल यात्रु र विद्यार्थीलाई ट्राफिक जनचेतना

ADV
ओबराज शाही
२०८१ साउन १८ गते २०:५०
पैदल यात्रु र विद्यार्थीलाई ट्राफिक जनचेतना

हुम्ला : हुम्लामा ट्राफिक प्रहरीले सडकमै राखेर पैदल यात्रु र विद्यार्थीलाई जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको छ । 

नेपाल विद्यार्थी संघको आयोजनामा सडक दुर्घटना कम गराउन र पैदल यात्रुलाई ट्राफिक नियमबारे अभिमुखीकरण गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।

ट्राफिक हबल्दार चन्द्रबहादुर डाँगीले विद्यालयका विद्यार्थी र अन्य पैदल यात्रुलाई सडकमै राखेर ट्राफिक नियमका साथै जेब्रा क्रसिङबारे जानकारी दिएका थिए । नेविसंघ जिल्ला सचिव विनोद लामाले कसरी जेब्रा क्रस गर्ने र यसका फाइदाबारे जानकारी दिने कार्य ट्राफिक प्रहरीबाट भएको बताए ।

त्यसैगरी, गाडीमा सीट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने नियमबारे पनि जानकारी गरिएको थियो । सबैलाई ट्राफिक नियमबारे जानकारी नभएकाले त्यसबारे जनचेतना जोगाउनु आवश्यक रहेको बेला नेविसंघले यो कार्यक्रम आयोजना गरेको हो । 

औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा यातायातका साधनहरु गुड्ने क्रम बाक्लिदै गएको बेला ट्राफिक नियमबारे जानकारी दिने कार्य बढाउन आवश्यक रहेको छ । सो जनचेतना जोगाउने कार्यक्रममा विद्यार्थी र पैदल यात्रुहरुले यस सम्बन्धमा जिज्ञासा समेत राखेका थिए । 

डेढ घण्टासम्म सञ्चालन भएको सो कार्यक्रम ट्राफिक हवल्दार डाँगीले जिज्ञासाको जवाफ दिएका थिए । 

सिमकोट मात्र नभएर जिल्लाभर यी नियमहरु तोड्ने चालककाविरुद्ध ट्राफिकलाई जानकारी गराएर सहयोग गर्न आवश्यक देखिएको छ । केही समयअघि ढलान भएको सडकमा जेब्रा क्रसको चिह्न निर्माण गर्ने कार्य ट्राफिकको समन्वयमा नेपाल विद्यार्थी संघ हुम्लाका सदस्यहरुले गरेका थिए ।

जेब्रा क्रसको चिह्न हुम्लाको सदरमुकाम सिमकोट, जिल्ला प्रशासन कार्यालय सडक र काली चोकमा निर्माण गरिएको हो । सो खर्च समेत नेविसंघले गरेको हो । कार्यक्रममा कांग्रेस कावा सभापति कैलाश भण्डारी उपसभापति बसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा, कोषाध्यक्ष बबिता शाहीलगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise