२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नारायण न्यौपानेले ल्याए ‘बुढी छुँदा कानून लाग्ने’

ADV
२०८१ साउन १९ गते ०६:४०
नारायण न्यौपानेले ल्याए ‘बुढी छुँदा कानून लाग्ने’

काठमाडौं : हिन्दु महिलाहरुको महान पर्व तिज नजिकिएसँगै सांगीतिक बजार पनि तिज गीतले रंगिन थालेको छ । हाल दैनिक दर्जनको हाराहारीमा तिज गीत सांगीतिक बजारमा सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा तिजलाई नै मध्यनजर गर्दै गायक नारायणप्रसाद न्यौपानेले पनि नयाँ तिज गीत बजारमा ल्याएका छन् । गायक न्यौपानेको स्वर रहेको ‘बढी छुँदा कानून लाग्ने’ बोलको गीत सार्वजनिक भएको हो । कालो कमिला नामक युट्युब च्यानलबाट गत बुधबार गीतको भिडियो सार्वजनिक गरिएको छ ।

अनिल कुँवरको शब्द रहेको गीतमा तिर्थराज पोखरेलले संगीत भरेका छन् । दीपकराज विश्वकर्माको एरेन्ज, मिक्सिङ, मास्टरिङ रहेको गीत अडियो ल्याबमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोमा लक्ष्मण नेपाल, प्रेम श्रेष्ठ, रामेश्वर रिजाल, मुस्कान काप्री, रामशरण कोइराला, भीम ढुंगेलको अभिनय रहेको छ । यस्तै भिडियोमा बुद्धी गुरुङ, सन्तोष तामाङ, सुदिप गिरी, नेत्रराज ढुंगाना, कमलनाथ नेपाल, सरोज नेपाल र खगेन्द्र लम्सालको पनि अभिनय देख्न सकिन्छ ।

आभास रानाले सम्पादन तथा निर्देशन गरेको गीतको भिडियो रावि कोइरालाले खिचेका हुन् ।

श्रीमतीले श्रीमानलाई बलात्कार मुद्दा हाल्ने प्रवृत्ति बढ्दै गएकोमा गीतले व्यंग्य गरेको छ । यस्तै गीतले समग्र देशमा बलात्कारका झुटा आरोप लगाउँदै मुद्दा हाल्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएको छ भने साँच्चिकै बलात्कारमा परेका पीडितहरुले न्याय नपाएको विषय पनि उठाएको छ ।

गीतले अधिकारको दुरुपोयग बढ्दै गएको भन्दै सदुपयोग गर्नुपर्नेमा जोड दिएको छ । पुरुष दर खाने कार्यक्रमको पृष्ठभूमिमा बनाइएको भिडियो उत्कृष्ट बनेको छ ।

यसअघि गायक न्यौपानेले टी–२० विश्वकप क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न ‘जय होस्, विजय होस्’ बोलको गीत सार्वजनिक गरेका थिए ।


ADVADV

सम्बन्धित खबर

Advertise