२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘बिग बोस ओटीटी ३’ को विजेता बनिन् सना मकबुल

ADV
मध्यान्ह
२०८१ साउन १९ गते ११:३१
 ‘बिग बोस ओटीटी ३’ को विजेता बनिन् सना मकबुल

मुम्बई : मोडल तथा अभिनेत्री सना मकबुल ‘बिग बोस ओटीटी ३’ को विजेता बनेकी छिन् । विजेताका रूपमा सानाले ट्रफी र २५ लाख रुपैयाँ हात पारिन् ।

ट्रफी जितेपछि साना भावुक बनेकी थिइन् । उनले त्यहाँ उपस्थित आमालाई अँगालो हालिन् । सनाकी बहिनी र कथित प्रेमी श्रीकान्त बुरेड्डी पनि उनलाई समर्थन गर्न सेटमा उपस्थित थिए ।

र्‍यापर नेजी फर्स्ट र रणवीर शोरी यस सिजनका सेकेन्ड रनरअप बने । कृतिका मलिक र साई केतन राव पहिले नै शीर्ष ५ बाट बाहिर भएका थिए ।

सना बिग बोस ओटीटीमा आउनुअघि 'खतरों के खिलाडी ११' को प्रतियोगी पनि थिइन् । सनाले 'कितनी मोहब्बत है २' र 'इस प्यार को क्या नाम दूँ' जस्ता टिभीमा धेरै शो गरिसकेकी छन् । 
 

ADVADV

सम्बन्धित खबर

Advertise