२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मिस नेपालको ग्राण्ड फिनाले आज, हिमालय टिभी एचडीबाट प्रत्यक्ष प्रसारण हुँदै 

ADV
मध्यान्ह
२०८१ साउन १९ गते ११:४४
मिस नेपालको ग्राण्ड फिनाले आज, हिमालय टिभी एचडीबाट प्रत्यक्ष प्रसारण हुँदै 

काठमाडौँ : यस वर्षको मिस नेपालको ग्राण्ड फिनाले आज बेलुका आयोजना हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दैछन् ।

द हिडन ट्रेजरको आयोजनामा हुने फिनालेको प्रत्यक्ष प्रसारण अपराह्न ४ बजेदेखि हिमालय टिभी एचडीले गर्नेछ । समारोहमा मिस इन्टरनेसनलका कार्यकारी निर्देशकदेखि मिस माल्टाको टोलीसहितका अन्तर्राष्ट्रिय पाहुना पनि सहभागी हुनेछन् ।

यस वर्षको मिस नेपालको उपाधि जित्ने प्रतिस्पर्धीले मिस नेपाल-२०२३ की विजेता सृच्छा प्रधानबाट ताज पहिरिनेछिन् । मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलका तीन मुख्य विधाको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise