
म सन् २००८ देखि सिभिल इन्जिनिरका रूपमा अस्ट्रेलियाको सिड्नीमा काम गर्दै आएको छु । त्यहाँ सीप र पुुँजीको विकास गरेका साथीहरूको जलविद्युत् र होटल व्यवसायमा रुचि छ । समग्र पश्चिमा देशबाट फर्किएका नेपालीको कुरा गर्ने हो भने जलविद्युत्मा धेरैको चासो छ । किनकि त्यसको लगानी हम्मेसी खेर जाँदैन भन्ने छ ।
लगानी बढाउन धेरै इच्छुक हुनुुहुन्छ, तर अहिलेको एनआरएन ऐनमा ठुलै सुधार नगरी त्यो सम्भव देखिँदैन । मुख्य कुरा लगानी गरिसकेपछि मुनाफा फिर्ता लैजान पाइन्छ कि पाइँदैन भन्ने सुनिश्चितता एनआरएनले खोजेका छन् । धेरै देशमा निश्चित प्रतिशत कर तिरेर पुँजी फिर्ता लैजान पाउने व्यवस्था छ । तर यहाँ त्यस्तो कुरा गर्दा ५० प्रतिशत कर चाहिन्छ भन्ने गरिन्छ । त्यसरी त लगानी आउँदैन । फेरि स–साना लगानीकर्ताका लागि पनि यहाँको राजनीतिक अवस्थाले अप्ठ्यारो पारेको छ । एनआरएन नागरिकता लिएर मालपोत गयो, त्यसले चिन्दैन । यहाँ लगानी गर्नुअघि आफू बस्न वा परिवार राख्न ‘एउटा घर किनौं वा पुुख्र्यौली सम्पत्तिलाई प्रयोग गरौं’ भन्दा पनि सकिने स्थिति छैन ।