२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

पैसामा मात्र होइन लगानी : उपेन्द्र महतो

shivam cement
२०८२ चैत ६ गते ०६:४५
Shares
पैसामा मात्र होइन लगानी : उपेन्द्र महतो

एनआरएनएले आफ्ना भावी सन्ततिका लागि हो भन्ने सम्झेर स्वदेशमा लगानी गर्नुपर्छ । आफ्ना सन्ततिलाई पनि एनआरएनए अभियानसँग अहिल्यैदेखि जोड्नुपर्छ । लगानीको वातावरण बनाउन व्यवसायीहरूले पनि एकअर्काको कुरा काट्दै हिँडने प्रवृत्ति त्याग्नुपर्छ । यसो गर्दा कर्मचारीतन्त्र र राजनीतिक दलहरूले कुरा नसुन्ने र हेप्ने अवस्था सिर्जना हुुन्छ । बुझ्नुपर्ने अर्को कुरा, गैरआवासीय नेपालीको लगानी पैसामा मात्र खोजिनुहुन्न । उनीहरूले सीप, प्रविधि, ज्ञान पनि स्वदेश भित्र्याउँछन् । 

लगानी भित्र्याउन आवश्यक कानुनी प्रबन्ध नै यहाँ कमजोर छ । संविधान निर्माण भएको १० वर्ष बित्दा अझै गैरआवासीय नेपालीको नागरिकता कार्यान्वयन भएको छैन । संविधान बन्यो, ऐन बन्यो तर नियमावली नबनेसम्म पाइएका अधिकार पनि प्रयोग गर्न सकिएको छैन । मैले सरकारी निकाय र राजनीतिक नेतृत्वलाई गैरआवाससीय नागरिकताको कुरा नियमावलीमा प्रस्ट लेखिदिएर एनआरएनएलाई काम गर्न दिन अनुरोध गरेको छु । 

सम्बन्धित खबर