२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तिजको मौलिकता बोकेको 'छोरी भ'र जन्मनु' सार्वजनिक (भिडियोसहित)

ADV
मध्यान्ह
२०८१ साउन १९ गते १६:५६
तिजको मौलिकता बोकेको 'छोरी भ'र जन्मनु' सार्वजनिक (भिडियोसहित)

काठमाडौं : नेपाली समुदायमा एक कालो परम्परा अझै गाडिएको छ, छोरा नजन्मेसम्म बच्चा जन्माइरहने । सात वटी छोरी जन्मिसक्दा पनि छोराको चाहना राख्नेहरू अझै छन् । कुल र वंश धान्न पनि छोरो चाहिने एक रुढीवादी परम्परा अझै गडेको छ ।

सात वटी छोरीमध्ये कान्छी छोरीको विवाह एक जँडिया अबुझ केटासँग हुन्छ । ती कान्छीको कर्मले श्रीमान मात्र होइन सासु पनि निकै रुखो स्वभाव र दुर्जन व्यवहारको पाउँछिन् । शुक्रबार बाबा इन्टरटेनमेन्ट टिभि च्यानलबाट सार्वजनिक गरिएको तिज गीत "छोरी भ'र जन्मनु"मा उक्त कथासहितको भिडियो समावेश छ ।

उक्त गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका सञ्चारकर्मी तथा गीतसंगीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर संकलन गरेका हुन् । पछिल्लो समयकी व्यस्त तथा सफल गायिका शान्ति श्री परियारले आवाज भरेको उक्त गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन् ।

बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासुको भूमिकामा अभिनय गरेकी छिन् । सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएकी छिन् । पछिल्लो समयका अति व्यस्त निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।

छोरी भएर जन्मनु कुन जुनीको पाप हो भन्दै शुरु हुने भिडियोमा छोरी र बुहारीबीच भिन्नता देख्न नहुने, नारी सबै एकै हुन् भन्ने सन्देशमूलक कथा समावेश गरिएको छ । भाग दुई बनाउने लक्ष्यसहित भिडियोको अन्त्यमा माइतीको आगनीमा नाच्दै आफ्नो पीडा सुनाउँदै गरेकी बुहारी एक्कासी बेहोस हुँदै ढल्छिन् । सरल र आकर्षक भिडियोमा केही सस्पेन्स क्रियट गर्दै अन्त्यमा टु बि कन्टिन्युमा लगेर कथा तथा भिडियोको समापन गरिएको छ ।
 


ADVADV

सम्बन्धित खबर

Advertise