२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

संगठन विस्तारलाई तीव्रता दिन सभापति श्रेष्ठको निर्देशन

Nada
सूर्यप्रसाद भुसाल
२०८१ साउन १९ गते २१:००
Shares
संगठन विस्तारलाई तीव्रता दिन सभापति श्रेष्ठको निर्देशन

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले  गाउँ–गाउँमा गएर एकजुट भइ संगठन विस्तार एवम् सुदृढीकरणमा लाग्न अगुवा कार्यकर्ताहरुलाई  निर्देशन दिएका छन् । 

ncell

सभापति श्रेष्ठले पार्टीमा आफूबाट भएका कमी कमजोरी सच्चाउँदै अघि बढ्न अनुरोध गर्दै गाउँटोलमा पार्टी अगुवा कार्यकर्ताले गल्ती गरेको भए त्यसबारेमा जिल्ला पार्टीलाई जानकारी गराउन आग्रह गरेका छन् । सभापति श्रेष्ठले भने,‘पार्टीमा सबै नेताहरु सानो होस् वा ठूलो आफ्ना गल्ती सच्चाउन पर्छ ।’ 

नेपाली कांग्रेस भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराले विपी स्मृति प्रतिष्ठान गैराकोटमा आयोजना गरेको बृहत्त क्रियाशिल सदस्यता वितरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभापति श्रेष्ठले भने, ‘पार्टीभित्र मैले गल्ती गरेको छु र कमी कमजोरी भएका छन् भने सुधार गर्न तयार छु ।’

सभापति श्रेष्ठले थपे, ‘पार्टीमा अरुले गल्ती गरेका छन् भने पनि गाउँका कांग्रेस धान्ने तपाईं अग्रजहरु पनि बोल्नुपर्ने हुन्छ । कांग्रेस पार्टीको कार्यकर्ता होस् या नेता अनुशासित हुनुपर्छ ।’

सभापति श्रेष्ठले नेपालका हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको बताउँदै मुलुकमा उत्पन्न राजनीतिक हरेक समस्याको समाधान खोज्न नेपाली कांग्रेस अग्रसर रहँदै आएको बताए । श्रेष्ठले सबै दलहरुसँग जिल्लामा सहमति, एकता र मेलमिलाप गरेर जिल्लाको विकास कांग्रेसको नेतृत्वमा गर्ने समग्र अर्घाखाँचीको विकास गर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का सभापति तिर्थराज घिमिरेले सबै नेताकार्यकर्ताहरु संघसंगठन निर्माणमा होमिएको बताउँदै सबैको घरदैलोमा पुगेर क्रियाशिल वितरण गर्ने संगठनलाई चलाएमान बनाउँदै कांग्रेसको संगठन मजबुँद बनाउने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सदस्य रेमकला खत्री, नेपाली कांग्रेस क्षेत्रीय सचिव सुरज रायमाझी, पूर्व जिल्ला सदस्य ज्ञानबहादुर वि.क, नेपाली कांग्रेसका युवा नेताहरु, अम्बर थापा लक्ष्मण घिमिरे, रुद्रमणी भुसाल, चिरञ्जीवी भुसाल, बिनोद घिमिरे, अर्जुन घिमिरे, ईश्वरी पोख्रेल, शिवहरि घिमिरे, डाल बिक्रम साह, सन्तोष भुसाल, कृष्ण भुसाल लगायतले संगठन निर्माण भावी रणनीतिका बारेमा भनाइ राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर