२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कतारमा भारी वर्षा, सुरक्षित रहन गृह मन्त्रालयको अनुरोध

Nada
तिलु शर्मा पौडेल
२०८२ चैत १२ गते २०:३५
Shares
कतारमा भारी वर्षा, सुरक्षित रहन गृह मन्त्रालयको अनुरोध

कतार : कतारमा अहिले भारी वर्षा भइरहेको छ । मेघ गर्जन सहित कतारका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । बुधवार साँझ कतारका केही स्थानमा असिना सहित भारी वर्षा भएपनी बिहीबार दिन भर मौसम सफा रह्यो । कतार मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार भारी वर्षा र मेघ गर्जन हुने हुँदा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

ncell

देशमा विकसित हुँदै गएको सतही न्यून चाप प्रणालीका कारण मौसम अस्थिर बन्न पुगेको छ । अस्थिर मौसम अवस्थाका कारण सबै सवारी चालकहरूलाई अत्यन्त सावधानी र सतर्कता अपनाएर सवारी साधन चलाउन गृह मन्त्रालयले आग्रह गरेको छ । गाडीहरूलाई बेसमेन्ट (भुइँतला) मा पार्किङ नगर्न समेत अनुरोध गरेको छ । चालकहरूलाई आवश्यक सुरक्षा उपायहरू पूर्ण रूपमा पालना गर्न तथा सम्बन्धित निकायहरूद्वारा जारी गरिएका निर्देशनहरू अनुसरण गर्न अनुरोध गरिएको छ।

कतारमा बिजुलीको पावर बन्द भएमा ९९१मा कल गर्न सकिन्छ भने आपतकालीन अवस्थामा ९९९ मा निःशुल्क कल गर्न सकिन्छ । अहिले कतारको आकाशमा मेघगर्जनको आवाज सुन्न सकिन्छ भने बिजुली चम्किरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर