२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कतारमा ६८ जना नेपालीले गरे रक्तदान

Nada
तिलु शर्मा पौडेल
२०८२ चैत १३ गते २१:१९
Shares
कतारमा ६८ जना नेपालीले गरे रक्तदान

दोहा, कतार : गुल्मी सेवा समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय तथा परोपकारी कार्यबाट अभिप्रेरित भई रक्तदान, जीवनदान महादान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै समाजले २३औं स्थापना दिवसको अवसरमा नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा आयोजित कार्यक्रममार्फत ६८ जनाले रक्तदान गरेका छन् ।

ncell

शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम मध्याह्नसम्म चलेको थियो । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष मित्र विएसले बताए l 

रक्तदाताहरूलाई समाजले प्रशंसा पत्रले सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहित सयौँ नेपालीहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर