२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

एमालेले देश भर प्रतिरोध गर्ने, तीन नेतालाई संयोजनको जिम्मा 

Nada
२०८२ चैत १४ गते १३:०९
Shares
एमालेले देश भर प्रतिरोध गर्ने, तीन नेतालाई संयोजनको जिम्मा 

काठमाडौंः नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । 

ncell

ओलीको गिरप्तारीपछि पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको एमाले सचिवालय बैठकले भोली सबै जिल्लाका पार्टी कार्यालयले जिल्ला प्रशासन कार्यालयमार्फत सरकार समक्ष गिरफ्तारीको विरोधमा पत्र दिने निर्णय गरेको छ । 

पार्टीका महासचिव शंकर पोखरेलले ओलीको गिरफ्तारीलाई पूर्वाग्रही र गैरकानुनी बताउँदै पार्टीले यसको कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए । यसैगरी आज अपरान्ह ३ गते जनसंगठनले सबै जिल्लामा प्रदर्शन गर्ने पनि उनले बताए । 

गिरफ्तारीको विरुद्ध सडक र सदनबाट कानुनी र राजनीतिक प्रतिवाद  गरिने बताउँदै उनले यसका लागि शीर्ष नेताहरुलाई छुटटा छुटैक्षेत्रसँग संवाद गर्ने जिम्मेवारी दिइएको जानकारी पनि दिए । सो अनुसार अन्य पार्टीसँग संवादका लागि उपाध्यक्ष विष्णु पौडेल, सदन भित्रका दलसँग समन्वय गर्न अर्का उपाध्यक्ष रामबहादुर थापा र कानुनी क्षेत्रसँग समन्वयका लागि उपाध्यक्ष गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । 

ताजा खबर

सम्बन्धित खबर