२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

नेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

himalayanlife
२०८२ चैत १४ गते १५:२२
Shares
नेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

ललितपुरः नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘ससदीय सचेतना कार्यक्रम’ आयोजना गरेको छ । आज पार्टी कार्यालय सानेपामा सुरु कार्यक्रममा सांसद्हरुलाई संसदीय अभ्यासलगायतका विषयमा अभिमुखीकरण दिइनेछ ।

कार्यतालिका अनुसार पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिने तालिका रहेको मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।   

ताजा खबर

सम्बन्धित खबर