२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

कार्यसम्पादन सन्तोषजनक नभए समानुपातिक सांसदलाई कांग्रेसले फिर्ता बोलाउने 

himalayanlife
२०८२ चैत १५ गते १६:४१
Shares
कार्यसम्पादन सन्तोषजनक नभए समानुपातिक सांसदलाई कांग्रेसले फिर्ता बोलाउने 

काठमाडौँ : नेपाली कांग्रेसले समानुपातिक सांसदको कार्यसम्पादन कमजोर देखिएमा फिर्ता बोलाउने व्यवस्था अघि सारेको छ ।

केन्द्रीय कार्यालय सानेपामा सुरु भएको संसदीय सचेतना कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई नयाँ प्रावधानको बारेमा जानकारी दिएका हुन् । उनले विशेष महाधिवेशनबाट पारित विधानको दफा ४ को व्याख्या गर्दै सांसदको संसदीय जिम्मेवारी प्रभावकारी र जवाफदेही बनाउनुपर्ने व्यवस्था सुनाएका थिए ।

नयाँ विधानअनुसार, प्रचलित कानुन वा पार्टीको निर्देशन विपरीत काम गरेको ठहर भएमा, वा कार्यसम्पादन सन्तोषजनक नभएमा पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ ।

उपसभापति शर्माले पार्टीले संशोधित प्रावधानको कार्यान्वयनका लागि सांसदहरूको सुझाव समेटेर निर्देशिका तयार गर्ने प्रक्रिया अघि बढाएको जानकारी पनि दिएका छन् ।

सम्बन्धित खबर