काठमाडौंः बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच सम्झौता भएको छ।
उनीहरुबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात् ग्राहकहरुले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरुमा एकमुष्ठ २५ प्रतिशत छुट पाउन सक्ने भएको बैंकले जनाएको छ ।
उक्त छुटको उपयोग गर्नका लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies