२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : यात्रा जीवनको

shivam cement
२०८१ जेठ २६ गते ०६:२५
Shares
कविता : यात्रा जीवनको

–मेघराज भट्टराई

जीवनमा उतार चढाव आउने छन् 
क्षमताको मेरो परीक्षा यही हुनेछ 
मैले ठीक भनेका मित्रको परीक्षा पनि
यही समा भित्र हर पल लिनेछन्  
हुन सक्छु साथी म गलत या तिमि पनि
तर, देखि देखि झिँगा खाने आट भएन ।।

यो समाजको परिवर्तन तिमिले एक्लै गर्ने 
या मैले एक्लै गर्ने आट दुश्शाहस मात्र हो
धन आर्जन गर्ने बाटा फरक छन् तिम्रा, मेरा 
म सधँै शोषित परे मजदूर हूँ के गरू ? 
तिमि जस्तो बिद्वान कुटिल बन्न सकिन
जालझेल फरेबलाई लुकाई राख्न सकिन ।।

जीवन हो मृत्यु निश्चित छ यो मैले बुझेको छु 
सत्य जति तीतो भए पनि आखिर सत्य लुकेन 
नानी बाबुदेखि किसान मजदूरसम्म हाम्रा मित्र 
उपहास उनको गर्ने दुष्टता मैले कहीँ गरेन 
बाटो फरक हिँडाउने हामी अबूझ हौ की अरु 
कोही छ यो आजसम्म जनस्तरबाट बुझिएन ।।

तिमी तिम्रो काम गर ठीक बेठिक समयले 
निर्धारण गर्ने छ शून्यताबाट यात्रा गरेका हामी 
लक्ष्य तय समयले गर्ने छ छलछाम कटप नगरे 
सदा तिम्रो यो हितैसी तीम्रै रहने छ ।।

सम्बन्धित खबर