२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्युठानमा सडक आश्रित मानवमुक्त सहर अभियान

Nada
मधुसुदन भण्डारी
२०८२ चैत २३ गते १२:२६
Shares
प्युठानमा सडक आश्रित मानवमुक्त सहर अभियान

प्युठान : प्युठान नगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा सडक आश्रित तथा सहयोगापेक्षी नागरिकमुक्त सहर निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । नगरपालिकाले आश्रमसँग समन्वय गर्दै सडकमै जीवनयापन गर्न बाध्य व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन थालेको हो ।

ncell

नगर उपप्रमुख देवेन्द्र बर्माले आश्रमसँगको सहकार्यमा भएको छलफल र प्रतिबद्धतापछि अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिए । उनले सडकमै बस्न र खान बाध्य अवस्थाबाट नागरिकलाई मुक्त गराई सम्मानजनक जीवनतर्फ रूपान्तरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए ।

यसै क्रममा नगरपालिका र मानव सेवा आश्रमको संयुक्त टोलीले जुम्री, बिजुवार र बाग्दुला पुल्चोक क्षेत्रमा स्थलगत अवलोकन गरेको छ । अवलोकनका क्रममा सडकमै बस्दै आएका केही मनोरोगी युवा तथा मागीखाने पेशामा निर्भर व्यक्तिहरूको पहिचान गरिएको जनाइएको छ ।

पहिचान भएका अति समस्याग्रस्त व्यक्तिहरूलाई स्थानीयको समन्वयमा उद्धार गरी मानव सेवा आश्रममा राखिनेछ । उनीहरूको अवस्थाअनुसार आवश्यक स्वास्थ्य उपचार, संरक्षण, परामर्श तथा पुनःस्थापनाका कार्यक्रमहरू चरणबद्ध रूपमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अभियानलाई प्रभावकारी र दिगो बनाउन सरोकारवाला निकाय, संघसंस्था तथा स्थानीयको सक्रिय सहयोग आवश्यक रहने उल्लेख गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर