२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

हरिहरनाथ-मुक्तिनाथ सांस्कृतिक यात्रा सम्पन्न

Nada
२०८३ वैशाख ८ गते १७:२७
Shares
हरिहरनाथ-मुक्तिनाथ सांस्कृतिक यात्रा सम्पन्न

काठमाडौं : नेपाल-भारत धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित हरिहरनाथ-मुक्तिनाथ सांस्कृतिक यात्राको १५औं संस्करण सम्पन्न भएको छ ।

ncell

यात्रा १ वैशाखमा भारतको बिहार राज्यस्थित सोनपुरबाट रथसहित प्रारम्भ भई ६ वैशाखमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित विश्वप्रसिद्ध मुक्तिनाथ धाममा पुगेर समापन भएको हो।

सनातन हिन्दू परम्पराअनुसार शालिग्रामलाई भगवान विष्णुको अवतारका रूपमा मानिने गरिन्छ, जसको पूजा बिना प्राणप्रतिष्ठा पनि गरिन्छ । भगवान विष्णुको प्रतीक मानिने शालिग्रामको मूल स्रोत नेपालको कालीगण्डकी नदी हो । ऐतिहासिक रूपमा दशौं शताब्दीका महान् हिन्दू दार्शनिक तथा विशिष्टाद्वैत दर्शनका प्रवर्तक आदि जगद्गुरु रामानुजाचार्यले यस यात्राको परम्परा स्थापना गरेको विश्वास गरिन्छ ।

विभिन्न कालखण्डमा अवरुद्ध हुँदै आएको यो यात्रा पछिल्ला १५ वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । धर्मजागरण समन्वयको आयोजना, बिहार सांस्कृतिक विकास परिषदको प्रायोजन तथा नेपाल-भारत मैत्री संगठनको व्यवस्थापनमा यात्रा निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।

यात्राको प्रारम्भका अवसरमा सोनपुरमा आयोजित कार्यक्रममा भारत सरकारका केन्द्रीय मन्त्री सतीश कुमार दुबेले यात्रुहरूलाई बिदाइ गरेका थिए । कार्यक्रममा सांसद, विधायक, सन्त–महन्त, उद्योगी–व्यवसायी तथा नेपाल–भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय उपाध्यक्ष अर्चना सिंह र बिहार प्रदेश अध्यक्ष पंकज रायको उपस्थिति रहेको थियो ।

नेपालतर्फ यात्राको व्यवस्थापकीय नेतृत्व संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंह र उपाध्यक्ष राजाराम श्रेष्ठले गरेका थिए । यात्राको सफलताका लागि सहयोग, चन्दा, भोजन, आवास तथा सहभागिता जनाउने सम्पूर्णप्रति संगठनले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर