२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

संविधान संशोधनबारे अनर्गल प्रचार नगर्न आग्रह

draupadi film
मध्यान्ह
२०८१ साउन २१ गते १७:२६
संविधान संशोधनबारे अनर्गल प्रचार नगर्न आग्रह

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीपहिरोलगायत मनसुनजन्य विपत्तिका घटनाका पीडित नागरिकलाई शीघ्र राहत उपलब्ध गराउन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद राधेश्याम पासवानले देशका विभिन्न स्थानमा बाढीपहिरोले धेरै जनधनको क्षति भएको र कतिपय पीडितले अझैपनि राहत नपाएको भन्दै उनीहरुलाई चाडो राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । 

उनले हालै भएको सौर्य एयरलाइन्सको विमान तथा त्रिशूली नदीमा बस दुर्घटना र बाढीपहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । 

सांसद भगवती न्यौपानेले संविधान संशोधन संविधानमै व्यवस्था भएकाले यस विषयमा अनर्गल प्रचार नगर्न आग्रह गरिन् ।  उनले संविधान जारी भएको झण्डै १० वर्षमा यसलाई समृद्ध बनाउन विभिन्न पक्षबाट माग भइआएको सन्दर्भमा देश र जनताको हितमा रहेर संविधान संशोधन गरी प्राप्त उपलब्धिको संस्थागत विकास र जचाहना अनुरुप अगाडि बढन्पर्ने बताइन् ।

सांसद न्यौपानेले संविधानअनुरुप राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग र जातको हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न र कमजोरी रहेका विषयलाई संशोधन गरेर यसलाई सकारात्मक रुपमा अगाडि बढाउन सकिने धारणा राखिन् ।

बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले स्वीकृत गरेको थियो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेश गरे । 

मन्त्री चौरसियाले दुई आयोगको समयावधि असार मसान्तसम्म रहेको र शान्तिप्रक्रियाका थाती काम सम्पन्न गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्को असार २७ गतेको बैठकको निर्णयबाट विस २०८० असार मसान्तसम्म कार्याअवधि थप गर्ने निर्णय भएअनुरुप बाधा अड्काउ फुकाउ आदेश पेश गरेको बताए । 

राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते बिहीबार १ बजेर १५ मिनेटमा बस्नेछ ।

ADV

सम्बन्धित खबर

Advertise