२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पश्चिम नवलपरासीमा आगलागी, १२ घर जले

Nada
२०८३ वैशाख ९ गते १२:०७
Shares
पश्चिम नवलपरासीमा आगलागी, १२ घर जले

नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु चार करोड बढीको क्षति भएको छ । आगलागी मंगलबार दिउँसो भएको हो । 

ncell

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित रु चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । 

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर