२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुकुम्वासी बस्तीका राई बागमतीमा मृत फेला

घर भत्किएको हेर्न सक्दिनँ भन्थे, डोजर चलेपछि बागमतीमा हाम्फालेकाले आत्महत्या गरेको आशंका

Nada
२०८३ वैशाख १८ गते १५:५७
Shares
सुकुम्वासी बस्तीका राई बागमतीमा मृत फेला

काठमाडौं : बल्खुस्थित बागमती नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बल्खु क्षेत्रमा सुकुम्वासी बस्ती खाली गराइएकाे स्थान नजिकैको खोलामा दिउँसो शव भेटिएको हो ।

ncell

मृतक ६१ वर्षीय इन्द्रबहादुर राई रहेको खुलेको छ । उनका परिवारका अनुसार बिहान घर भत्काइएपछि उनी मानसिक रूपमा विचलित बनेका थिए । पत्नी सरिता राईले ‘घर भत्किएको दृश्य सहन नसकेर’ उनी घरबाट निस्किएको बताइन् । केही समयपछि उनी मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीयवासीका अनुसार राई परिवार लामो समयदेखि बल्खुको सुकुम्वासी बस्तीमा बसोबास गर्दै आएको थियो। उनी त्यहीँस्थित तरकारी तथा फलफूल बजारमा श्रमिकका रूपमा काम गर्थे ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतकको पहिचान खुले पनि मृत्युको कारणबारे औपचारिक निष्कर्ष आइसकेको छैन ।

काठमाडौंका नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाउने अभियान अन्तर्गत शुक्रबार बिहान बल्खु, टेकु, वंशीघाट र शंखमूल क्षेत्रमा डोजर परिचालन गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर