काठमाडौं : भारतमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा दुबै टोली १०-१० खेलाडीमा सीमित भएको खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेले ।
बराबरीसँगै बंगलादेश १० अंकसहित फाइनल प्रवेश गरेको छ भने नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको छ । नेपालले चार खेलबाट ७ अंक जोडेको छ । तर नेपाल फाइनलमा पुग्न भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ । भारतले दुई जितबाट ६ अंक जोडेको छ ।
नेपाल र बंगलादेशबीचको खेलका क्रममा मैदानमा विवाद तथा हात हालाहाल गरेपछि बंगलादेशका सहिदुल इस्लाम तथा नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका थिए । बेन्चमा रहेका नेपाली खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाए ।
बंगलादेशका लागि मोहमद पियास अहमद नोभाले ६३ औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
तर ६८ औँ मिनेटमा निरन्जन मल्लले नेपालका लागि गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies