२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गायक शंकर श्रेष्ठको ‘आदत’ दुबईबाट सार्वजनिक (भिडियोसहित)

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १९:५७
गायक शंकर श्रेष्ठको ‘आदत’ दुबईबाट सार्वजनिक (भिडियोसहित)

काठमाडौं : यूएईमा व्यवसाय गर्दै आएका व्यवसायी तथा गायक शंकर श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । दुबईस्थित क्लब स्काइ सेभेनमा आयोजित एक कार्यक्रमका बीच गायक श्रेष्ठको ‘आदत’ बोलको गीत सार्वजनिक गरिएको हो ।

भ्वाइस अफ नेपाल सिजन–१ का विजेता सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको गीत नेपाल आइडल सिजन–५ का विजेता करण परियारले कार्यक्रममा प्रिमियर गरेका हुन् । गीतको भिडियो भने नेपालमै छायाँकन गरिएको हो ।

प्रहिल कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा शंकर श्रेष्ठ, गीता ढुंगाना र सुमन सिन्ग्देन तामाङ फिचर्ड छन् । उत्तम हुमागाईंको छायाँकन रहेको म्युजिक भिडियोको सम्पादन माधव बेल्वासेले गरेका हुन् । भिडियो क्रियटिभ आवर प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

माया प्रेमको भाव झल्कने गीतको भिडियो उत्कृष्ट बनेको छ । गीत निर्माणमा सबैले कडा मिहिनेत गरेको बताउँदै गायक श्रेष्ठले दर्शक स्रोताले गीत मन पराउनेमा आफू विश्वसत रहेको बताए ।

व्यवसायी एवम् गायक श्रेष्ठका यसअघि पनि केही गीतहरु सांगीतिक बजारमा आइसकेका छन् । ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सनमा पनि श्रेष्ठकै स्वर रहेको छ । उक्त गीत दर्शक स्रोतामाझ निकै लोकप्रिय बनेको थियो ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise