२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

ADV
मध्यान्ह
२०८१ साउन २२ गते २०:५३
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

काठमाडौं : नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । नबिल बैंकका ग्राहकहरुले नमस्ते पे वालेटका विभिन्न सेवाहरु उपयोग गर्ने उद्देश्यले सो समझदारी भएको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप्लिकेसनमार्फत् आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन् । सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले सो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरुले लाभ लिन सक्ने बताए ।

नमस्ते पे वालेटका डेपुटी सिइओ बिजुक्छेले सो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए । यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरुले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरु पनि उपयोग गर्न सक्नेछन् । यो सेवा शुरु भएपछि, नबिल बैंकका ग्राहकहरुले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise