काठमाडौंः सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा गुप्तचर नखटाइएको बताएका हुन् ।
बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै परिचालन गरेको आरोप लगाएका थिए ।
‘केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छुु, कार्कीले भनेका छन्, ‘यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु।’ सरकारका प्रवक्ता कार्कीले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies