२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लक्ष्मणको संगीतमा शुशीला र विनोदको 'मै राम्री होकी'

ADV
मध्यान्ह
२०८१ साउन २३ गते १७:२५
लक्ष्मणको संगीतमा शुशीला र विनोदको 'मै राम्री होकी'

काठमाडौं : युवा संगीतकार लक्ष्मण पोखरेलको संगीतमा रहेको तिज गीत 'मै राम्री होकी' सार्वजनिक भएको छ । गीतमा नवगायिका शुशीला पराजुली बरालले स्वर दिएकी छन् ।

गायिका शुशीला पराजुली बरालको पहिलो गीतको रुपमा रहेको 'मै राम्री होकी' गीतमा विनोद बरालको रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ, किशोर थापाको मिक्सिङ मास्टिरिङ हरेको छ । विना राउत र एलिसा विष्टको अभिनय रहेको गीतको म्युजिक भिडियो अहिलेका व्यस्त निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् ।

भिडियो छायाँकन उत्सव दाहालको रहेको छ भने नृत्य राहुल बराइली, सम्पादन मिन रावलको रहेको छ । तिजलाई लक्षित गरी तयार पारिएको गीतको भिडियोको छायाँकन कीर्तिपुरको ऐतिहासिक स्थान बाघ भैरव मन्दिरलगायतका रमणीय स्थानहरुमा गरिएको हो ।

नेपाली मौलिकता झल्कने गरि भिडियो  तयार पारिएको निर्देशक रुपाखेतीले बताए । संगीतकार पोखरेलको संगीतमा रहेको तिज गीत तिजैले जुरायो र लाग्छकी लाग्दैन भिसा बरिलै केही दिनअघि सार्वजनिक भइसकेको छ ।

'मै राम्री होकी' गीतबाट आफू एकदमै आशावादी रहेको गायिका शुशीला बताउँछिन् । अहिले बजारमा आइरहेका गीतभन्दा फरक गीत रहेको गीतकार विनोद बरालले बताए । गीतको अडियो र भिडियो दर्शक स्रोताहरुले मन पराउनेमा संगीतकार पोखरेल पनि विश्वस्त छन् भने गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise