२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश, बजेट शून्यता अन्त्य हुने

ADV
मध्यान्ह
२०८१ साउन २४ गते १२:५०
सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश, बजेट शून्यता अन्त्य हुने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले तत्काल राजश्व संकलनका लागि अध्यादेश ल्याएको छ । योसँगै झण्डै एक महिनादेखिकाे बजेट शून्यताको अन्त्य हुने भएको छ ।

प्रदेशको मन्त्रिपरिषद बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेको छ । 

प्रदेश प्रमुख मियाँले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपछि रोकिएको राजस्व संकलनको बाटो खुल्नेछ ।

सुदूरपश्चिम प्रदेशमा तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेट शून्यताको अवस्था ठप्प रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise