२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै

Nada
२०८३ जेठ २० गते १२:२४
Shares
टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै

टोकियो (जापान) : पश्चिमी जापानको वाकायामा प्रान्तको दक्षिणी भागमा बुधबार टाइफुन जाङ्मीले अवतरण गरेको जनाउँदै जापनपीज मौसम विभागले देश भर अस्थायी रूपमा विभिन्न पाँच स्तरका बाढीका चेतावनी जारी गर्न निर्देशन दिएको छ ।

ncell

जापानी मौसम विज्ञान विभाग (जेएमए) ले वाकायामा प्रान्त हुँदै बग्ने कोजा नदीको बाढीका लागि उच्च स्तरको आपतकालीन चेतावनी जारी गरेको छ । यसैबीच अधिकारीहरूले  स्थानीय बासिन्दालाई बढ्दो नदीको सतह र सम्भावित बाढी जन्य खतराका लागि सतर्क रहन आग्रह गरेका छन् । 

जेएमएले जापानका पश्चिमी र पूर्वी प्रशान्तका क्षेत्रमा अत्यधिक भारी वर्षाको पूर्वानुमान गरेको छ भने वर्षा सँग सम्बन्धित विभिन्न प्रकोपको जोखिम बारे जनतालाई सतर्क रहन चेतावनी दिएको छ ।

आगामी २४ घण्टामा  कान्टो-कोशिन र टोकाई क्षेत्रहरूमा २०० मिलिमिटर र तोहोकुमा १२० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।
हाल टोकियोका विभिन्न नदीहरूका लागि बाढीको चेतावनी जारी गरिएको  छ । 

सम्बन्धित खबर