२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

जन्मदिनको अवसरमा वृक्षारोपणका साथै गीत सार्वजनिक

Nada
२०८१ साउन २४ गते २१:३९
Shares
जन्मदिनको अवसरमा वृक्षारोपणका साथै गीत सार्वजनिक

काठमाडौं : गायक तथा संगीतकार नारायण थापाले आफ्नो जन्मदिनको अवसरमा सिद्धेश्वर मन्दिर परिसर कपन, बुढानिलकण्ठमा बृहत् वृक्षारोपण गर्नुका साथै नयाँ गीत सार्वजनिक गरेका छन् । बिबि थापाको शब्द, नारायण थापाको स्वर, संगीत रहेको ‘आज मृत्युले मलाई छोएर गयो’ बोलको अडियो सार्वजनिक गरिएको हो । 

ncell

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान काठमाडौंको आयोजना तथा आभुषण इन्टरटेनमेन्ट र आभुषण फाउन्डेसन काठमाडौंको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । वृक्षारोपण कार्यक्रममा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईंको अध्यक्षतामा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका महासचिव तथा संगीतकार दिपक शर्मा, कोषाध्यक्ष नारायण थापा, गायक तथा संगितकार योगेन्द्र उपाध्याय, साउण्ड इन्जिनियर मनोज परियार, मोडल तथा नायिका प्रतिक्षा काफ्ले, गायक तथा सञ्चारकर्मी प्रमोद डिजी र स्थानीयको सहभागिता रहेको थियो ।

दिपक शर्माले सञ्चालन गरेको कार्यक्रममा स्थानीय तथा अतिथिहरुले नारायण थापालाई जन्मदिनको शुभकामना दिएका थिए ।


ताजा खबर

सम्बन्धित खबर